पोखरा नजिकैको पुल भासियो, यातायात बन्द
पोखरा नजिकैको मर्दिदोभानस्थित सेती नदीमाथिको पुलको पिलर भासिएको छ । लगातारको वर्षा र सेती नदीमा आएको बाढीपछि पोखरा महानगरपालिका २५, हेम्जा र पुरनचौर जोड्ने पक्की पुलमा सवारी आवागमन रोकिएको हो ।
सेतीले उत्तरतर्फको भाग लडाएपछि पुलको पिलर भासिएको हो । आठ वर्षअघि निर्मित पुल भासिएपछि तनहुँबाट पोखरातर्फ जाने सवारी साधन रोकिएका छन् ।
पुल नजिकैबाट नदीजन्य पदार्थ निकालिएको कारण पुल भासिएको स्थानीय बताउँछन् । केही लाखको आम्दानी गर्दा नगरपालिका र सरकारले करोडौंको क्षति व्यहोर्नु परेको छ । सर्वसाधारणले लामो समयसम्म सास्ती खेप्नुपर्ने निश्चित छ ।
टिप्पणीहरू