पोखरा नजिकैको पुल भासियो, यातायात बन्द « Jana Aastha News Online
Logo
१३ असार २०७९, सोमबार
|  Mon Jun 27 2022
Logo
१३ असार २०७९, सोमबार
|  Mon Jun 27 2022

पोखरा नजिकैको पुल भासियो, यातायात बन्द

प्रकाशित मिति :  ९ असार २०७९, बिहीबार ०८:५९


पोखरा नजिकैको मर्दिदोभानस्थित सेती नदीमाथिको पुलको पिलर भासिएको छ । लगातारको वर्षा र सेती नदीमा आएको बाढीपछि पोखरा महानगरपालिका २५, हेम्जा र पुरनचौर जोड्ने पक्की पुलमा सवारी आवागमन रोकिएको हो ।

सेतीले उत्तरतर्फको भाग लडाएपछि पुलको पिलर भासिएको हो । आठ वर्षअघि निर्मित पुल भासिएपछि तनहुँबाट पोखरातर्फ जाने सवारी साधन रोकिएका छन् ।

पुल नजिकैबाट नदीजन्य पदार्थ निकालिएको कारण पुल भासिएको स्थानीय बताउँछन् । केही लाखको आम्दानी गर्दा नगरपालिका र सरकारले करोडौंको क्षति व्यहोर्नु परेको छ । सर्वसाधारणले लामो समयसम्म सास्ती खेप्नुपर्ने निश्चित छ ।


प्रतिक्रिया दिनुहोस !