चिनियाँ कर्णेल प्रचण्ड निवासमा

चिनियाँ कर्णेल प्रचण्ड निवासमा

सँधै राजनीतिक नेता तथा कार्यकर्ताको भेटघाट भइरहने खुमलटारमा हिजो दिउँसो विदेशी सेनाका अधिकृत पुगेका छन् । काठमाडौंस्थित चिनियाँ दूतावासमा रहेका एक जना सैनिक सहचारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न हिजो मध्यान्ह त्यहाँ पुगेका हुन् ।

सैनिक सहचारी लिउ सिआओक्वाङले अध्यक्ष प्रचण्डसँग मध्यान्हको समयमा आधा घण्टा भेटवार्ता गर्नुभएको दाहालको सचिवालयले पुष्टि गरेको छ ।

टिप्पणीहरू