सत्तारुढ गठबन्धनको बैठक सकियो

सत्तारुढ गठबन्धनको बैठक सकियो

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक भर्खरै सकिएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको सहभागिता थियो ।

त्यसैगरी काँग्रेस नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, माओवादी नेता नारायणकाजी श्रेष्ठ, गृहमन्त्री बालकृष्ण खाँण, सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडु, परराष्ट्रमन्त्री नारायण खड्का लगायतको बैठकमा उपस्थिति रहेको बताइएको छ ।

बैठक साढे दुई घण्टा बसेर छ बजेको हाराहारीमा सकिएको थियो । एकीकृत समाजवादीले आफ्ना मन्त्री हेरफेर गर्ने तयारी गरेपछि सत्तारुढ काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीमा पनि मन्त्री फेर्न दबाब परेकाले सोलगायतका विषयमा छलफल भएको बुझिएको छ ।

टिप्पणीहरू