माधव भेट्नेको भीड कार्यालय र निवासमा उतिक्कै

माधव भेट्नेको भीड कार्यालय र निवासमा उतिक्कै

सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आन्तरिक तथा वाह्य भेटघाटमा भ्याइनभ्याइ छ । मन्त्री हेरफेर, स्थानीय चुनावको समीक्षा र आगामी निर्वाचनको तयारीको चटारोले उहाँ व्यस्त हुनुभएको हो ।

पार्टीले गरेको मन्त्री हेरफेरको सर्वसम्मत निर्णय कार्यान्वयन नहुँदा दबाबमा पर्नुभएका अध्यक्ष नेपाल बालुवाटारमा हुने गठबन्धनको बैठकदेखि खुमलटारका छलफलहरुमा उत्तिकै दौडधुप गरिरहनु भएको छ ।

त्यस्तै, स्थानीय निर्वाचनको समीक्षा र आगामी निर्वाचनबारे रणनीति बनाउन पर्सि शुक्रबारदेखि बस्ने केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा पार्टीका नेताहरुसँगको आन्तरिक भेटघाटले पनि उहाँलाई व्यस्त बनाएको छ ।

अध्यक्ष नेपालले हिजो आलोकनगरस्थित पार्टी मुख्यालयमा महासचिव डा बेदुराम भुसाल, उपमहसचिव गंगालाल तुलाधरलगायतसँग एक घण्टा गोप्य बातचित गर्नुभएको थियो ।

दिउँसोको उक्त कुराकानीपछि साँझ निवासमा बागमतीका मुख्यमन्त्री तथा पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेसँग उहाँको भालाकुसारी चलेको थियो ।अध्यक्षलाई भेट्न पुग्नुभएका पाण्डे निकै समय कोटेश्वरमा बसेको बताइएको छ ।

टिप्पणीहरू