हुम्ला सदरमुकाममा शंकास्पद वस्तु फेला

हुम्ला सदरमुकाममा शंकास्पद वस्तु फेला

हुम्लाको सदरमुकाम सिमकोटस्थित स्वास्थ्य कार्यालयनजिकै शंकास्पद वस्तु फेला परेको छ । खेत जोत्ने क्रममा शंकास्पद वस्तु फेला परेको हो । कृषक सोनाम लामाले शंकास्पद वस्तु फेला परेपछि जिल्ला प्रहरी कार्यालय, सिमकोटमा खबर गरेका थिए ।

उक्त शंकास्पद वस्तु धेरै पूरानो भएको प्रहरी निरीक्षक दिपक मल्लले बताए । हाल नेपाली सेनाको टोलीले शंकास्पद वस्तु डिस्पोज गर्ने तयारी गरिरहेको बताइन्छ । स्थानीयवासीले भने उक्त वस्तु सशस्त्र माओवादी युद्धको बेला गाडिएको पाइप बम हुनसक्ने अनुमान लगाएका छन् ।

टिप्पणीहरू