खेतमा व्यस्त हुनुपर्ने किसान सडकमा अस्तव्यस्त

खेतमा व्यस्त हुनुपर्ने किसान सडकमा अस्तव्यस्त

असारमासमा मल नपाएर बिचल्ली भएका किसानले माइतीघर घेर्ने भएका छन् । अखिल नेपाल किसान महासंघले आज काठमाडौंको माइतीघर मण्डला घेर्ने कार्यक्रम राखेको हो ।

रासायनिक मलको अभाव, मूल्यवृद्धिलगायत विषयमा सरकारको ध्यानाकर्षण गराउन आज विरोध प्रर्दशन गर्न लागिएको महासंघले जनाएको छ । अहिलेको समय किसानहरु खेतमा रोपाईंको निम्ति व्यस्त हुनुपर्ने समय हो । तर, सरकारले बेलैमा मल, बीऊ र कृषि औजार उपलब्ध नगराएको पीडा उनीहरुले सडकमा पोख्न थालेका छन् ।

किसानहरुले आज दिउँसो २ बजे माइतीघरमा प्रदर्शन गर्दैछन् । बाली लगाउने मुख्य समयमा मलको चरम अभाव देखिएपछि किसान मर्कामा परेको महासंघको ठहर छ । किसानले मल नपाएर दुःख खेपिरहँदा पनि सरकार उदासीन देखिएको आरोप लागेको छ ।

यसबीचमा पेट्रोलियम पदार्थमा भएको चर्को मूल्यवृद्धि तथा मँहगीका कारण आमजनता तथा किसानलाई दैनिक जीवनयापनमा असहज भएकाले सशक्त प्रदर्शनमा उतार्न लागिएको महासंघको भनाइ छ ।

टिप्पणीहरू