कल बाइपासमा संलग्न गिरोहका सदस्य पक्राउ

कल बाइपासमा संलग्न गिरोहका सदस्य पक्राउ

प्रहरीले कल बाइपास गर्ने भारतीय गिरोहका एक जना सदस्यलाई पक्राउ गरेको छ । भारतको उत्तर प्रदेश, जौनपुर घर भई वीरगञ्ज महानगरपालिका २ मा भाडमा बस्दै आएका ३८ वर्षीय ईरफान सुफियान खानलाई प्रहरीले वीरगञ्जमा पक्रेको हो ।

विद्युतीय र दूरसञ्चार सामग्री जडान गरेर कल वाइपास सेन्टर सञ्चालन गरेको सूचनाको आधारमा खानतलाली गर्दा उनको डेराबाट विभिन्न सामान बरामद गरिएको प्रहरीले बताएको छ । खानको कोठाबाट ३२ पोर्टको डिनेस्टप कम्पनीको भिओआइपी गेटवे १ थान, टेण्डा कम्पनीको राउटर एक थान, वल्र्ड लिङ्कको राउटर एक थान, माइक्रो टेक्स्ट कम्पनीको इन्भर्टर १ थान, नेपाल टेलिकमको सिमकार्ड ४० थान र एनसेलको सिम ५८ थान बरामद गरेको प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिएका छन् ।

उनलाई दूरसञ्चार ऐन २०५३ अन्तर्गतको कसूरमा अनुसन्धान अगाडि बढाइएको छ ।

टिप्पणीहरू