बिचौलिया दीपक भट्टको घरमा मन्त्रीहरुको ताँती,भारतीय मध्यस्थकर्ता

बिचौलिया दीपक भट्टको घरमा मन्त्रीहरुको ताँती,भारतीय मध्यस्थकर्ता

प्रख्यात बिचौलियाको रुपमा चिनिएका ठेकेदार दीपक भट्टको निवास केही महिनादेखि लेनदेन र हिसाब किताबको थलो हुन थालेको छ । मन्त्रीहरु झण्डा हल्लाउँदै उनको घर ललितपुरको सानेपा जानुमा छिमेकीहरुले पनि अचम्म मान्न छाडेका छन् ।

भट्ट निवासमा केही सातादेखि अर्थमन्त्री जनार्दन शर्मा,सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका राज्यमन्त्री उमेश श्रेष्ठ नियमितजसो पुग्ने गरेका छन् । आगामी आर्थिक वर्षको बजेट तर्जुमाको अवधिदेखि नै ती मन्त्रीहरु भट्ट निवास छिर्ने क्रम बढेको हो ।

संसदबाट बजेट पारित भएपछि त्यो क्रम झन् बढेको स्रोतको दाबी छ । “प्रायः मन्त्रीहरु राति आउनुहुन्छ, अबेर राति फर्कनुहुन्छ,’भट्टको निवास नजिकैकका एक जना स्थानीयले भने ।

भट्टको कम्पनी इन्फिनिटी होल्डिङ्गका फाइनान्सियल डाइरेक्टर भारतीय नागरिकसमेत मन्त्रीहरुसँगको कुराकानीमा सामेल हुने गरेका छन् । पछिल्लो दिनमा भएको पश्चिम सेती जलविद्युत परियोजनाको निर्माण जिम्मा भारतीय कम्पनीलाई दिनेलगायतका कार्यमा सरकार भट्टको रोडम्यापबमोजिम अघि बढेको एमाले पूर्व अर्थमन्त्रीहरु सुरेन्द्र पाण्डे र बिष्णु पौडेल समेतले महसुस गरेको विषय हो ।

यसअघि राज्यमन्त्री श्रेष्ठको घरमा अर्थमन्त्री जनार्दन शर्मा र प्रधानमन्त्री शेरबहादुर देउवा तथा काँग्रेस नेतृ आरजु राणाका छोरा जयवीर देउवाबीच हप्तौंसम्म यसरी नै रातको समयमा छलफल हुने गर्थ्यो । उक्त छलफलबमोजिम नै बजेट भाषणमा विदेशबाट आयात गरिने स्यानिटरी प्याडमा ९० प्रतिशत भन्सार छुट गरिएको थियो ।

तर स्यानिटरी प्याड बनाउने स्थानीय कम्पनीले ल्याउने कच्चा पदार्थमा भने सरकारले भन्सार दर बढाएको छ । बजेटमा वार्षिक १० अर्बभन्दा बढीको कारोबार हुने स्यानिटरी प्याडको कारोबारमा सोझै एक अर्बको खेल खेलिएको आरोप लाग्दै आएको छ । विदेशबाट आयात गरिने स्यानिटरी प्याडको प्रमुख आयातकर्ता उनै जयवीर हुन् ।

सबैभन्दा रमाइलो पक्षचाहिँ महिलाहरुले मासिकधर्म भएको बेलामा प्रयोग गर्ने त्यस्तो स्यानिटरीको कारोबारमा संलग्न भएका भनिएका दुवै जना अविवाहित हुन् । राज्यमन्त्री श्रेष्ठ र प्रधानमन्त्री पुत्र देउवा दुवै अविवाहित भए पनि उनीहरुको रुची स्यानिटरी प्याडमा बढी देखियो ।

टिप्पणीहरू