नयाँ विश्वविद्यालय र पुरानो बैंकबीच सम्झौता

नयाँ विश्वविद्यालय र पुरानो बैंकबीच सम्झौता

मध्यपश्चिम विश्वविद्यालय र नेपाल बैंक लिमिटेडबीच सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह, रजिष्ट्रार प्रा.डा. नारायणप्रसाद पौडेल र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।१३ बुँदे समझदारी पत्रमा विश्वविद्यालय र बैंक दुवै संस्थाबीचको आपसी सम्बन्धलाई वित्तीय कारोवारमार्फत विस्तार गर्दै दुवै संस्थालाई वित्तीय हित हुने गरी थप आयामहरु विस्तार गरिने विवरण उल्लेख छ । विश्वविद्यालयमा कार्यरत सम्पूर्ण स्थायी, अस्थायी, करार, आंशिक तथा ज्यालादारी प्राध्यापक, शिक्षक, कर्मचारी र विद्यार्थी सम्पूर्णले बैंकद्वारा प्रदान गरिने सेवा सुविधा सहज र सुलभ तवरले प्राप्त हुने अपेक्षा बैंकले लिएको छ ।

टिप्पणीहरू