केबलकार अड्किएपछि फलामे डोरीबाटै झरे पर्यटक

केबलकार अड्किएपछि फलामे डोरीबाटै झरे पर्यटक

भारतको एउता पहाडमाथि चल्ने केबलकार लामो समयसम्म अड्किएपछि एक जना यात्रु डोरीमा झुण्डिएर तल झरेका छन् । उत्तरी शिवालिक हिमालको मनमोहक दृश्यको रमाइलो गर्नेक्रममा एक्कासी केबलकार रोकिएपछि ती यात्रु डोरीमा झुण्डिएर झरेका हुन् ।

परवानु टिम्बर ट्रेलमा यात्रा गरिरहेका ११ पर्यटक केबलकार रोकिएपछि बीचमै फसेका थिए । जसमध्ये एक जनाले डोरी प्रयोग गरेर भुईंमा ओर्लिए पनि केबलकारभित्र रहेका बालबालिका र महिला भने त्यहि अड्किए ।

उनीहरुलाई उद्धार गर्न अधिकारीहरूले दोस्रो केबलकार प्रयोग गरेका थिए । यस्तै घटना सन् १९९२ को १३ अक्टोबरमा भएको थियो । त्रासबीच एक जना अपरेटर केबलकारबाट हामफाल्दा उनको मृत्यु भएको थियो ।

टिप्पणीहरू