नवजात शिशुको टाउको आमाकै गर्भमा राखेर सिलाइयो

नवजात शिशुको टाउको आमाकै गर्भमा राखेर सिलाइयो

पाकिस्तानमा एउटा अनौठो खालको घटना भएको छ । सिन्ध प्रान्तको ग्रामीण स्वास्थ्य केन्द्रका कर्मचारीले एक नवजात शिशुको टाउको आमाको पेटभित्र छाडिदिएपछि ३२ वर्षीया आमाको ज्यान जोखिममा परेको हो । उक्त घटनाबारे छानबिन गरी दोषी पत्ता लगाउन सिन्ध सरकारले मेडिकल जाँच बोर्ड गठन गरेको छ । थरपार्कर जिल्लाको दूर गाउँकी महिला पहिले आफ्नो क्षेत्रको ग्रामीण स्वास्थ्य केन्द्र (आरएचसी) गएकी थिइन् ।

तर, त्यहाँ महिला रोग विशेषज्ञ उपलब्ध नभएकाले अनुभवहीन कर्मचारीबाट शल्यक्रिया गराउँदा उनलाई ठूलो आघात भएको जामशोरोको लियाकत विश्वविद्यालय चिकित्सा तथा स्वास्थ्य विज्ञान (एलयूएमएचएस) का स्त्री रोग एकाइका प्राध्यापक राहिल सिकन्दरले बताए ।

अप्ठ्यारो शल्यक्रियामा आरएचसीका कर्मचारीले आमाको पेटमा रहेको नवजात शिशुको टाउको छुट्याएर भित्रै छाडिदिएको उनको भनाइ छ । शल्यक्रियापछि महिलाको ज्यान थप जोखिममा परेपछि परिवारले नजिकैको मिठी अस्पतालमा लगेका थिए । त्यहाँ उपचार सम्भव नभएपछि अन्ततः उनलाई एलयूएमएचएस लगियो जहाँ नवजात शिशुको बाँकी शव आमाको कोखबाट निकालेर उनको जीवन बचाइएको हो ।

टिप्पणीहरू