रुसी पत्रकारद्वारा नोबल शान्ति पुरस्कार बिक्री

रुसी पत्रकारद्वारा नोबल शान्ति पुरस्कार बिक्री

रुसी पत्रकारले आफूले पाएको नोबल शान्ति पुरस्कारमा प्राप्त स्वर्ण पदक बेचेका छन् । युक्रेन युद्धमा त्यहाँका बालबालिकाको सहयोगको निम्ति उनले उक्त पुरस्कार बेचेको बताएका छन् । रुसी स्वतन्त्र अखबार नोभाया गजेटाका प्रधानसम्पादक दिमित्री मुरातोभले स्वर्ण पदक १० करोड ३५ लाख डलरमा बेचेका हुन् ।हेरिटेज अक्सनले न्यूयोर्कमा आयोजना गरेको लिलाम बढाबढमा उक्त पदक अज्ञात व्यक्तिले किनेका हुन् । ती व्यक्तिले फोनमार्फत् पदक किनेको बताइएको छ । मुरातोभले सन् २०२१ मा फिलिपिन्सकी पत्रकार मारिया रेसासँगै नोबल पुरस्कार जितेका थिए ।

अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने प्रयासको निम्ति उनीहरुलाई नोबल समितिले पुरस्कारसहित सम्मान गरेको थियो । मुरातोभ सन् १९९३ मा स्थापना भएको नोभाया गजेटाको सस्थापकमध्ये एक हुन् । उक्त पत्रिकाले रुसी राष्ट्रपति पुटिन र उनको कार्यनीतिको आलोचना गर्दै आएको छ । रुसले युक्रेनमाथि हमला गरेको एक महिनापछि गत मार्चमा सो पत्रिका प्रकाशनमा बन्देज लगाइएको छ ।

टिप्पणीहरू