प्रधानमन्त्री देउवा पहिले जंगी अड्डा,त्यसपछि भारतीय दूतावास

प्रधानमन्त्री देउवा पहिले जंगी अड्डा,त्यसपछि भारतीय दूतावास

प्रधानमन्त्री शेरबहादुर देउवा आज बिहान ७:३० बजे नेपाली सेनाको मुख्यालय भद्रकाली पुग्नुभयो ।

करिब २० मीनेट जंगी अड्डाको खेल मैदानमा बसेपछि उहाँ लैनचौरस्थित भारतीय दूतावास पुग्नुभयो । त्यहाँबाट निस्केर अहिले बालुवाटार पुगिसक्नुभएको छ ।

उता गृहमन्त्री बालकृष्ण खाँण पनि बिहानै सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोक पुग्नुभएको छ । उहाँ ठीक ७ बजे त्यहाँ जानुभएको हो ।

प्रधानमन्त्री र गृहमन्त्री आज बिहान ती सबै स्थानमा आयोजित आठौं अन्तर्राष्ट्रिय योग दिवसमा सहभागी हुन पुग्नुभएको हो ।

मुश्किलले १५ देखि २० मीनेटसम्म कार्यक्रममा सहभागी हुनुभएका विशिष्ट अतिथिले योगा चाहिँ कति गर्नुभयो त्यो मननयोग्य रहेको बताइन्छ ।

 

टिप्पणीहरू