माया गर्न सिपालु अनिल शाह बिदा

माया गर्न सिपालु अनिल शाह बिदा

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनिलकेशरी शाह चार वर्षे कार्यकाल पूरा गरेर बैंक सेवाबाट बिदा भएका छन् ।

नेपाल राष्ट्र बैंकको विद्यमान नियमानुसार उनले एक कार्यकाल पूरा गरेका हुन् । अब उक्त बैंकको सिईओमा एनबी बैंकका ज्ञानेन्द्र ढुंगाना चयन भइसकेका छन् । हालै भएको मर्जर सहमतिबमोजिम ढुंगाना नबिलको सिईओ बन्न लागेका हुन् । उनले असार १७ गतेदेखि कार्यभार सम्हाल्दै छन् ।

हिजो शाहलाई बैंकका उच्च अधिकारीहरुले बिदाई गरेका थिए । सोही क्रममा एक जना जिएमले सोधे, ‘दाइ,तपाईंले बनाएको हात्तीको छाती झैँ ठूलो दिल कसरी बनाउने ?’

शाहले एक शब्दमा उत्तर दिए, ‘माया’ । उनले मायाको परिभाषालाई व्याख्या गर्दै भनेका थिए, ‘माया गर्न थाल्यो र जान्यो भने आफैँ दिल हात्तीको छाती जत्रो भइहाल्छ ।’

शाहलाई बैंकर कम,सेलिब्रेटी धेरै भन्नेहरु पनि छन् । उनको बटारिएको जुँगा र रातो फ्रेमको चश्मा महिला फ्यानको पहिलो आकर्षण बन्दै आएको छ ।

टिप्पणीहरू