सर्वदलीय बैठक बोलाउने निर्णय कार्यान्वयन नहुँदै एसपीपी सदाको निम्ति अस्वीकार

सर्वदलीय बैठक बोलाउने निर्णय कार्यान्वयन नहुँदै एसपीपी सदाको निम्ति अस्वीकार

सरकारले अमेरिकी स्टेट पार्टनरसिप (एसपीपी) प्रोग्राम सदाको निम्ति अस्वीकार गर्ने निर्णय गरेको छ । आज साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

सत्तारुढ दलहरुको असहमतिका कारण प्रधानमन्त्री देउवा उक्त निर्णय गर्न बाध्य हुनुभएको माओवादीका नेताहरुले बताएका छन् ।

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले स्वयम् रक्षामन्त्रीको जिम्मेवारी लिएको बखत २०७२ कात्तिक १० गते सेनाले सरकारलाई बोधार्थ दिएर अमेरिकी राजदूतलाई लेखेको पत्र सार्वजनिक भएपछि सर्वत्र विरोध भएको छ ।

आज सरकारले गरेको निर्णय अमेरिकी सरकारलाई जानकारी गराइने बताइएको छ ।

हिजो बालुवाटारमा बसेको पाँचदलीय गठबन्धनको बैठकमा मन्त्रिपरिषद् हेरफेर र संघीय चुनावको मितिबारे छलफल भएको थियो । त्यसबखत शीर्ष नेताहरुबीच एसपीपीबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउने सहमति भएको थियो । तर आज बसेको क्याबिनेट बैठकले एसपीपी अस्वीकार गर्ने निर्णय भएको हो ।

टिप्पणीहरू