आज २८ जना संक्रमित, दश जना निको

आज २८ जना संक्रमित, दश जना निको

बितेको २४ घण्टामा देशभर २८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ८६२ जनाको पिसीआर परीक्षणमा २० र दुई हजार ५२ जनाको एन्टीजेन परीक्षणमा आठ गरि २८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट १० जना निको भएका छन् भने हाल देशभर एक सय २० जना सक्रिय संक्रमित रहेका छन् । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । आज कसैको मृत्यु भएको छैन ।

टिप्पणीहरू