तस्विरमा चीनको विकास-हाई स्पीड रेलको सन्चालन (फोटो फिचर)

तस्विरमा चीनको विकास-हाई स्पीड रेलको सन्चालन (फोटो फिचर)

भर्खरै निर्माण सम्पन्न रेल्वेलिकबाट सोमबार बिहान दक्षिण पश्चिम चीनको चोङ्छिङ नगरपालिका अनि मध्ये चीनको हेनान प्रान्त हुँदै राजधानी बेइजिङको लागि प्रस्थान गरेको बुलेट ट्रेनको सञ्चालनपश्चात,चीनमा प्रविधिको आधुनिक बिकासको नयाँ कोशेढुंगा थपिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले आज प्रकाशित बुलेटिनमा जनाएको छ।

१ हजार ६८ किलोमीटर कूल लम्बाई भएको यो रेल्वेले हेनान प्रान्तको राजधानी चोङ्छिङ र झेङ्झाउलाई जोड्छ र मध्ये चीनको हुबेई प्रान्त हुँदै यात्रा गर्दछ। यो रेलको सन्चालन पश्चात चोङ्छिङदेखि झेङ्झाउसम्मको यात्रा अवधिलाई ८ घण्टाबाट ४ घण्टा २३ मीनेटमा घटाउन सकिने जनाइएको छ।

यो रेल्वेका दुई खण्डहरु सन् २०१६ र २०९ मा खोलिएका थिए भने यसको निर्माणकार्य सन् २०१५ को डिसेम्बर महिनामा शुरु गरिएको थियो । ३५० किलोमिटर प्रतिघण्टाको उच्च गतिमा कुद्ने यो रेल्वेको ४३४ किलोमिटर खण्डमा ९१ पुल र ५७ टनेलहरू र १० वटा स्टेशनहरू रहेका छन् ।

हेरौं, केहि तस्विरहरु:

 

टिप्पणीहरू