सरकार राजश्व उठाउन व्यस्त, आयल निगम बोनस बाँड्न मस्त रहेको एमाले अखिलको आरोप

सरकार राजश्व उठाउन व्यस्त, आयल निगम बोनस बाँड्न मस्त रहेको एमाले अखिलको आरोप

एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ ।

अनेरास्ववियु अध्यक्ष सुनिता बरालले मूल्यवृद्विको निर्णय फिर्ता नलिए त्यसविरुद्ध निर्णायक आन्दोलनको आह्वान गर्दै सशक्त ढंगले उत्रने चेतावनी दिएकी हुन् ।आज जारी विज्ञप्तिमा भनिएको छ, ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै गरीब जनताको चुल्हो बल्ने अवस्था छैन, अतिआवश्यक वस्तु तथा सार्वजनिक यातायातको भाडा महँगिने निश्चित छ । देशमा राज्य छ कि छैन भन्ने अवस्था छ, मूल्य समायोजनको बहानामा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने तर घट्दा नघटाई, सरकार विभिन्न कर थुपारेर राजश्व उठाउन व्यस्त छ । आयल निगम चुहावट नियन्त्रण गर्न होइन कर्मचारीलाई बोनस र भत्ता बाँड्न मस्त छ ।’

टिप्पणीहरू