बाख्राको पाठाद्वारा विश्व कीर्तिमान (भिडियो सहित)

बाख्राको पाठाद्वारा विश्व कीर्तिमान (भिडियो सहित)

पाकिस्तानमा जन्मेको “सिम्बा” नामक १३ दिने बाख्राको पाठाले विश्व कीर्तिमान कायम गरेको छ । उसले राखेको कीर्तिमान विश्वको सबैभन्दा लामो कान भएको बाख्राको बच्चा अर्थात पाठाको रहेको छ । सिम्बाको कानको लम्बाई ४८ सेन्टिमिटर (लगभग १९ इन्च) छ भने हेर्दाखेरी चर्चित कार्टुनको पात्र डम्बो हात्तीजस्तो देखिन्छ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डमा अहिलेसम्म कुकुरबाहेक बाख्राहरूको लामो कान भएको रेकर्ड सूचीबद्ध छैन,त्यसैले सिम्बाको रेकर्ड पहिलो हुन सक्ने जनाइएको छ।

श्रोत: रप्त्ली न्युज (ruptly news)

टिप्पणीहरू