वासिंगटनमा गोली चल्दा एकको मृत्यु, थुप्रै घाइते

वासिंगटनमा गोली चल्दा एकको मृत्यु, थुप्रै घाइते

अमेरिकाको वासिंगटन डीसीमा गोली चल्दा एक प्रहरी अधिकारीसहित केही मानिस घाइते भएका छन् । गोली लागेकामध्ये एक किशोरको मृत्यु भएको बताइएको छ ।

‘दुई वयस्क र एक किशोरमाथि गोली हानिएको हो । त्यस्तै, एक प्रहरी अधिकारीलाई पनि गोली हानिएको थियो’, महानगरीय प्रहरी विभाग प्रमुख रोबर्ट जे कोन्टीले भने ।

गोली लागेर घाइते भएका प्रहरी अधिकारी र अन्य दुई जनाको अस्पतालमा उपचार भइरहेको छ । घाइते किशोरको भने मृत्यु भएको प्रहरीले जनाएको छ । वासिंगटन डीसीको संस्कृति प्रवद्र्धन गर्ने पर्व मोचेलाको समयमा गोलीबारी भएको थियो ।

अमेरिकामा पछिल्लो समयमा बारम्बार बन्दुक हमला भएका छन् ।

टिप्पणीहरू