बाबुले १६ वर्षकी छोरी नभनेपछि…

बाबुले १६ वर्षकी छोरी नभनेपछि…

हेलिन्छु भनेर पटक–पटक उर्लिएको मस्र्याङ्दी नदी किनारमा नआएको पनि होइन । पासो लगाएर देह त्याग्छु भन्ने सोच पनि नबनाएको होइन । विष स्वाट्ट पिएर धरतीको बोझ हटाउन नचाहेको पनि होइन ।

तर, मैले आफैँलाई मार्दा यौन पिपासु नरपिचासहरू को सकिन्छन् ? मैले आफूलाई जलाउँदा निर्मला पन्तसहित म जस्ता पीडित अरु चेलीहरू बन्नु पर्दैन ? यी र यस्तै अनेक प्रश्न भित्र घोत्लिदाँ मरेर हैन बाँचेर रक्तपिपासु विरुद्ध जेहाद छेड्ने शक्ति प्राप्त भयो अनि आफ्नै बाबु भनाउँदोविरुद्ध अदालत आएँ ।

एक मनले त सोचँे यो पुरुषवादी समाजले मलाई नै अर्घेलो ठह¥याउँछ, थुक्छ । जसो परे पनि पीडाको भारी बोकेर विलय हुँजस्तो पनि लाग्यो । अरुबाट त लुटिएँ लुटिएँ आफ्नै आफ्नै बाउद्वारा लुटिन पर्दाको दारुण पलले यति सतायो ! धेरै सोचविचारी न्यायको ढोका ढक्ढकाउन बाध्य भएँ । त्यही बाबुको काखमा लुट्पुटिएर हुर्किएकी म, त्यही बाउबाट लुटिँदा यसैको विरुद्ध उजुरी गर्छु भनेर कुन छोरीले कल्पना गर्छे होला र ? तर म बाध्य भएँ ।

लमजुङको राईनास नगरपालिका– २ की म बाबु विदेशबाट कहिले फर्कने भनेर सोध्थेँ । ४/५ वर्षदेखि कतारमा रहेका बाउ छिट्टै आउने कुराले मलाई आनन्दित पनि बनाएको थियो । १६ वर्षकी मलाई बाउले ल्यापटप ल्याइदिने कुराले झन फुरुंग बनाएको थियो । बाउ आए, ल्यापटप पनि ल्याइदिए । तर बाउले कतारबाट आउँदै गर्दा राक्षसी स्वभाव पनि ल्याए । १०/११ वर्षकी मलाई काखमा खेलाएर गएका बाउको अहिले यौन प्यास मेटाउने साधन पो भएँ म ।

यही वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा आमा कांग्रेसको तर्फबाट महिला सदस्यमा उठेकी । घरमा खासै बास हुने कुरा भएन । आमाको घरमा बास नहुने, बाउ सधैं रक्सी धोकेर आउने । बाउको यो चाल फिटिक्कै मन परेको थिएन । कराएँ पनि । मादक पदार्थले उन्मत्त बाउले मेरो ज्यानमा गिद्दे नजर लगाएर लुछ्न पुगे । ४२ वर्षे उनको जोडबलमा मेरो केही चलेन ।

पिलपिल रोएकी मलाई यो कसैलाई भनिस् भने मार्नेसम्मको धम्की दिए । चुनावमा आमाले हारेपनि राइनासमा उनको पार्टीका मान्छेले जिते । आमालाई मैले बाउले गरेको कुकृत्यबारे मनै थाम्न नसकेपछि बताएँ । आमाले आफ्नै बेइज्जत हुने भन्दै हकारिन् । चुनावअघि त्यसरी लुटिएकी ममाथि पुनः राक्षस बाउ झम्टन आइपुगेपछि बाध्य भएर अदालत आउन परेको हो ।

आमाको भन्दा बाउको माया लाग्थ्यो । सम्भवतः सबै छोरीहरूले बाउलाई नै बढी माया गर्छन् होला । सबै बाउ मेराजस्ता राक्षस पनि त हुन्नन् होला । तर, किन आज मेरो नजरमा सबै बाउ उस्तै लाग्छन् ! प्रहरीले नेल लगाएर घिसार्दा एउटा छोरीको मन अमिलिनुपर्ने हो तर मेरो मनले बाउप्रति रत्ति स्नेह जगाएन । उनले प्रहरी र सरकारी वकिलसमक्ष आफ्नै कर्तुत सकारेका छन् । थप अनुसन्धान भन्दै गत सोमबार मात्रै एक हप्ताको म्याद थमाएको सुनेको छु । यस्ता पापीहरूलाई यहाँ फाँसीको सजाय छैन क्यारे ! कसो हुन्छ हेर्छु ।

– अञ्जनकुमार

टिप्पणीहरू