बिपीका नेता लिङ्ग्देनतिर हुरुरु

बिपीका नेता लिङ्ग्देनतिर हुरुरु

नेपाली कांग्रेस (बिपी)का केन्द्रीय नेताहरू राजेन्द्र लिङ्गदेनको राप्रपामा प्रवेश गरेका छन् । कांग्रेस बिपीका उपाध्यक्ष सुदर्शन सिटौला, सहमहामन्त्री दिपक कार्कीसहित केन्द्रीय नेताहरू आज राप्रपामा मिसिएका हुन् ।

पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष लिङ्देनले उनीहरूलाई राप्रपामा प्रवेश गराएका थिए । सो कार्यक्रममा नेपाली कांग्रेस धुलिखेलका नेता इन्जिनियर रञ्जीव श्रेष्ठ पनि राप्रपामा प्रवेश गरेका छन् । लिङ्देनले नवप्रवेशीलाई सदस्यता प्रदान गर्दै स्वागत गरे ।

टिप्पणीहरू