बिरामीमाथि बलात्कारी गिरी दश वर्षपछि पक्राउ

बिरामीमाथि बलात्कारी गिरी दश वर्षपछि पक्राउ

जबरजस्ती करणी मुद्दाका एक फरार अभियुक्त दश वर्षपछि समातिएका छन् । २०६९ सालको जेठ २ गते मानसिक सन्तुलन गुमाएकी २६ वर्षीया महिलालाई बलात्कार गरेर फरार भएका वीरगञ्ज महानगरपालिका–१ का ३५ वर्षीय उमाशंकर गिरी आज समातिएका हुन् ।

प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले वीरगञ्ज-१ छप्कैयाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय पर्साका डिएसपी ओमप्रकाश खनालले जानकारी दिए । पक्राउ परेका गिरीलाई जिल्ला अदालत पर्सामा बुझाइएको छ ।

टिप्पणीहरू