आज २३ जनामा संक्रमण, १२ जना निको

आज २३ जनामा संक्रमण, १२ जना निको

पछिल्लो २४ घण्टामा २३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार २५४ जनाको पिसीआर परीक्षणमा १८ जना र सात सय ७३ जनाको एन्टीजेन परीक्षणमा पाँच जना गरी २३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, बितेको २४ घण्टामा कोरोनाबाट १२ जना निको भएका छन् भने हाल देशभर एक सय १० जना सक्रिय संक्रमित रहेका छन् । नेपाल हालसम्म कोरोनाबाट मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । आज कसैको मृत्यु भएको छैन ।

टिप्पणीहरू