माओवादी बिद्यार्थीको बैठकमा कुटाकुट, हितमानलाई जोगाउन पुलिसको सहारा

माओवादी बिद्यार्थीको बैठकमा कुटाकुट, हितमानलाई जोगाउन पुलिसको सहारा

नेकपा (माओवादी केन्द्र) सम्वद्ध अखिल (क्रान्तिकारी) को विस्तारित बैठकमा दुई पक्षबीच कुटाकुट भएको छ । केन्द्रीय समितिलाई पूर्णता दिन बोलाइएको बैठकमा उपाध्यक्ष पवन कार्की समूहलाई बेवास्ता गरिएको भन्दै हो-हल्ला भएपछि उत्पन्न विवादले कुटाकुटको अवस्था निम्तिएको हो ।

आफूनिकटलाई मात्रै केन्द्रीय समितिमा पारेको तथा पदाधिकारी चयन गरेको भन्दै कार्की समूहले बैठकमा नाराबाजीसहित फ्रयाक्सन इन्चार्ज हितमान शाक्यको राजीनामासमेत माग गरेको थियो । घटनालगत्तै प्रहरी बोलाएर स्थितिलाई सामान्य बनाइएको अध्यक्ष पञ्चा सिंहले जानकारी दिएकी छन् ।

नेतृत्व चयनप्रति असन्तुष्ट रहँदै कार्की समूहले बैठकस्थलमा नाराबाजी गरेपछि विवाद शुरु भएको बताइएको छ ।

टिप्पणीहरू