अमेरिकी ठग्ने दुई भारतीयसहित १३ जना नियन्त्रणमा

अमेरिकी ठग्ने दुई भारतीयसहित १३ जना नियन्त्रणमा

कल सेन्टरको माध्यमबाट ठगी गर्ने १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई नेपाल प्रहरीको साइबर व्युरोको टोलीले अस्ति पक्रेको हो ।

पक्राउ पर्नेमा दुई जना भारतीय नागरिक र अन्य नेपाली हुन् । उनीहरुले काठमाडौंमा बसेर भारतीय नागरिकसँग मिलेर अमेरिकीहरुलाई ठग्दै आएको तथ्य खुलेको ब्यूरोले जनाएको छ ।

उनीहरुले मोबाइल तथा ल्यापटपमा विभिन्न गलत सूचना पठाएर सम्बन्धित व्यक्तिको बैंक एकाउण्ट ह्याक गरेर दुरुपयोग गरेको अभियोगमा समातिएका हुन् ।

टिप्पणीहरू