कोटेश्वरमा भेट,एसपीपी अस्वीकारमा नारायणकाजीको जोड

कोटेश्वरमा भेट,एसपीपी अस्वीकारमा नारायणकाजीको जोड

हिजो बिहान नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गर्न माओवादी र जसपाका नेताहरु नेपाल निवास कोटेश्वर पुग्नुभयो । कोटेश्वरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,पूर्व उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जसपा अध्यक्ष उपेन्द्र यादव जानुभएको हो ।

उहाँहरुबीच झण्डै डेढ घण्टा कुराकानी भएको थियो । भेटवार्ताको विस्तृत विवरण सार्वजनिक नभए पनि शीर्ष नेताहरुबीच समसामयिक राजनीतिउपर समीक्षा भएको बताइन्छ । हिजै अर्को सन्दर्भमा नेता नारायणकाजी श्रेष्ठले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) बारे श्वेतपत्र जारी गरेर अस्वीकार गर्नुपर्ने धारणा राख्नुभएको छ ।

टिप्पणीहरू