कञ्चनपुरमा कालो हिरोइनको कारोबार

कञ्चनपुरमा कालो हिरोइनको कारोबार

कञ्चनपुरमा लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१० भुडाबाट करिब २ सय २० मिलिग्राम कालो हेरोइनसहित हिजो साँझ प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा टीकापुर नगरपालिका–९, बस्ने ३१ वर्षीय रविन शाही र बेलडाँडी गाउँपालिका–२, ढकनिया बस्ने ६२ वर्षीय राजेन्द्र सिंह विष्ट हुन् ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू