कीर्तिपुरमा युगान्डासँग भिड्दै नेपाल

कीर्तिपुरमा युगान्डासँग भिड्दै नेपाल

युगाण्डासँगको टी–२० शृंखलाको जारी तेस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले अहिले ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेल मैदानमा कप्तान रुविना क्षेत्रीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेकी हुन् ।

नेपालले १० ओभरको खेल सकिँदा दुई विकेट गुमाएर ३८ रन बनाएको छ ।

श्रृंखलामा युगाण्डा लगातार तेस्रो खेल जित्ने दाउमा रहेको छ । यदि आजको खेल जिते दुई खेलअघि नै उसले श्रृंखला आफ्नो पक्षमा पार्ने छ ।

नेपाल आजको खेल जित्दै श्रृंखलामा पुनरागमन गर्न चाहन्छ । पहिलो खेलमा युगाण्डा १२ रन र दोस्रो खेलमा एक विकेटले विजयी भएको थियो ।

टिप्पणीहरू