प्रधानमन्त्रीविरुद्ध खेद प्रस्ताव पारित गर्न प्रस्ताव

प्रधानमन्त्रीविरुद्ध खेद प्रस्ताव पारित गर्न प्रस्ताव

संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नगएपछि प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्द खेद प्रस्ताव दर्ता गर्नुपर्ने माग उठेको छ । आज बसेको समितिको बैठकमा नेकपा एमालेका सांसद भीम रावलले खेद प्रस्ताव पारित गर्न प्रस्ताव गर्नुभएको हो ।

अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)का बारेमा जानकारी लिन निम्त्याइएका प्रधानमन्त्री देउवाले अन्तिम समयमा अनुपस्थित हुने जानकारी दिएपछि आक्रोशित् रावलले यस्तो प्रस्ताव गर्नुभएको हो ।

प्रधानमन्त्रीले अनुत्तरदायी व्यवहार देखाएको आरोप लगाउँदै रावलले बैठकले निर्णय गरेर देउवाप्रति खेद व्यक्त गर्नुपर्नेमा जोड दिनुभयो ।

‘हिजो लोकतन्त्र खतरामा पर्‍यो भनेर प्रधानमन्त्री बन्नु भएको हो, खै त (बैठकमा अनुपस्थित) लोकतन्त्रको रक्षा गरेको ? उहाँलाई प्रधानमन्त्री बनाउन मैले हस्ताक्षर गरेको इतिहासले समीक्षा गर्ला,’ रावलको आक्रोश थियो, ‘उहाँ अनुपस्थित हुनु भनेको हिजोको गतल कार्यको निरन्तरता भएन र ? उहाँ अनुपस्थित भएर सांसदहरूकाे अपमान भएको छ, त्यसैले यो खेदजनक छ, बैठकले अब खेद प्रस्ताव पारित गरौँ ।’

टिप्पणीहरू