चलचित्र विकास बोर्डले अध्यक्ष खोज्यो, विदेशी नागरिकता लिएकालाई मनाही

चलचित्र विकास बोर्डले अध्यक्ष खोज्यो, विदेशी नागरिकता लिएकालाई मनाही

सरकारले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन माग गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयले अध्यक्षका निम्ति आवेदन माग गरेको हो ।

मन्त्रालयका अनुसार ३० वर्ष पूरा भएर ६५ वर्ष ननाघेकाले आवेदन दिन सक्नेछन् ।

आवेदनका लागि जुनसुकै विषयमा स्नातक तह उत्तीर्ण गरी नेपाली चलचित्र उद्योगको स्थापना, विकास, संरक्षण, सम्वद्र्धन तथा प्रवद्र्धनमा निरन्तर १० वर्ष कार्य गरेको अनुभव हुनुपर्दछ ।

त्यस्तै, प्रचलिन कानूनबमोजिम नियुक्त हुन अयोग्य नठहरिएको हुनुपर्ने जारी सूचनामा उल्लेख छ । शैक्षिक योग्यता र कार्य अनुभव प्रमाणपत्रको हकमा नोटरी पब्लिकबाट प्रमाणित भएको हुनुपर्ने छ ।

सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन भनिएको छ । उक्त पदमा कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमति पत्र नलिएको व्यक्तिले मात्र आवेदन दिन सक्नेछन् ।

टिप्पणीहरू