खाजा खुवाउन बोलाएर सामूहिक बलात्कार

खाजा खुवाउन बोलाएर सामूहिक बलात्कार

तुलसीपुर उपमहानगरपालिका ५ न्युरोड घर भएकी २५ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–९ मैनाबगर बस्ने २४ वर्षीय शंकर बिक, सोही उपमहानगरपालिकाको बेलुवा बस्ने ३० वर्षीय कमल चौधरी हुन् । उनीहरुलाई हिजो दिउँसो पक्राउ गरिएको इलाका प्रहरी कार्यलय तुलसीपुरले जनाएको छ ।

घटनामा संलग्न अर्जुन परियार भने फरार छन् । युवाको समूहले तुलसीपुर उपमहानगरपालिका–९ दोघरेस्थित नयाँ बन्दै गरेको एउटा घरमा युवतीलाई सामूहिक बलात्कार गरेका हुन् ।

घटनाबारे पीडित युवतीले घरमा बताएपछि आफूहरुले जानकारी पाएको इलाका प्रहरी कार्यलय तुलसीपुरका प्रहरी निरीक्षक रञ्जनकुमार स्वरले जानकारी दिए । पीडित युवती तुलसीपुर प्रादेशिक अस्पतालमा उपचारपछि हिजो साँझ घर फर्किएको र स्वास्थ्य अवस्था सामान्य रहेको स्वरले बताए ।

कमलले बिहीबार युवतीलाई खाजा खान बोलाएर बसपार्क नजिकैको उक्त घरमा लगेर तीन जनाले महिलालाई सामूहिक करणी गरेको प्रहरीको भनाइ छ ।

उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको र घटनामा संलग्न अर्जुन परियारको खोजी भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

टिप्पणीहरू