श्रीमानले पहिले हत्या गरे, मारिएकी श्रीमतीसँगै रातभर सुते

श्रीमानले पहिले हत्या गरे, मारिएकी श्रीमतीसँगै रातभर सुते

खाना नदिएको झोंकमा भारतमा एक जना पुरुषले श्रीमतीको हत्या गरेका छन् । ४७ वर्षीय विनोदकुमार दुबे र श्रीमतीसँगै बसेर मदिरा सेवन गरेका थिए । तर खाना माग्दा नदिएको विवादपछि दुबेले ३९ वर्षीया श्रीमती सोनालीलाई कुटपिटपछि हत्या गरेका हुन् ।

उनले तकियाले हानेर श्रीमती मारेको प्रहरीसमक्ष बताएका छन् । तर श्रीमतीको मृत्यु भएको थाहा नपाएर शवसँगै रातभर सुतेको प्रहरीको भनाइ छ । तकिया प्रहारबाट कसरी श्रीमतीको मृत्यु भयो भन्नेबारे प्रहरीले अनुसन्धान थालेको छ ।

बिहान उठ्दा श्रीमतीलाई मृत अवस्थामा देखेपछि दुबे ४० हजार भारतीय रुपैयाँभन्दा बढी लिएर भागे । तर प्रहरीले उनलाई नयाँ दिल्ली नजिकैबाट पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट एउटा झोला, मदिराका दुई बोतल र रगतले लतपतिएको सिरानीसहित ४३ हजार भारु बरामद गरेको छ । प्रहरीको बयानमा उनले भनेका छन्, ‘आफूहरुले सँगै मदिरा पिएको हो । केही समयपछि खाना माग्दा नदिएपछि विवाद भयो । रिसको झोँकमा तकियाले हिर्काएँ । बिहान उठ्दा श्रीमती मृत पाएँ ।’

टिप्पणीहरू