वाम एकता भन्दै को-को दौडिए ?

वाम एकता भन्दै को-को दौडिए ?

वामपन्थी दलहरुमा आएको विभाजनका कारण गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस अस्वाभाविक ढंगले विजयी भयो । त्यहि कारण नेताहरुले पुनः वाम पार्टीबीच एकता हुनुपर्ने र आगामी निर्वाचनमा होमिनुपर्ने निश्कर्ष निकालेका छन् ।

यसरी निश्कर्ष निकालेर वाम एकतामा दौडिएका नेताहरुमा एमालेका घनश्याम भुसाल र सुरेन्द्र पाण्डे,माओवादी केन्द्रका देव गुरुङ, वर्षमान पुन र नारायणकाजी श्रेष्ठ, तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र महासचिव बेदुराम भुसाल मुख्य हुनुहुन्छ । वाम एकताको निम्ति उठाइएका स्वर र दौडधुप अघिल्लो साता निकै धेरै थियो ।

गत चुनावमा नेपाली काँग्रेसले नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रलाई धोका दिएको र एमाले विभाजन भएका कारण पराजय भोग्नुपरेको निश्कर्ष निकालेर तीन वटै पार्टीका शीर्ष नेताहरु वाम एकताको अभियानमा होमिनुभएको हो । काँग्रेसले धोका दिएको भन्ने आरोपमा एकीकृत समाजवादीका अर्काथरि नेताहरुको बुझाई अर्कै छ ।

उनीहरुले भनेका छन्, ‘विगतलाई हेर्ने हो भने काँग्रेसभन्दा माओवादी झन् धेरै धोकेवाज देखिन्छ । धोका दिने र तिकडम गर्नेमा काँग्रेसभन्दा माओवादी निकै माथि छ ।’ अहिले काँग्रेसको हैसियतमा माओवादी केन्द्र भएको भए उसले झन् बढी पेल्ने उनीहरुको भनाइ हो । यस्तो भनाइ सत्तासँग निकट रहेकाहरुले अभिव्यक्त गरेको बताइन्छ ।

टिप्पणीहरू