भोलिको छलफलमा प्रधानमन्त्री पनि बस्ने

भोलिको छलफलमा प्रधानमन्त्री पनि बस्ने

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको हिजोको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई भोलिको बैठकमा बोलाउने निर्णय गरेको छ । प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमणबारे प्रष्ट पार्न समितिको भोलिको बैठकमा छलफलको निम्ति बोलाउने निर्णय भएको हो ।

हिजोको बैठकले एसपीपी इण्डो–प्यासिफिक रणनीतिको एक हिस्साको रुपमा रहेको तथ्य अमेरिकी सरकारद्वारा प्रकाशित प्रतिवेदनमा उल्लेख भएको ठहर गरेको छ । आगामी दिनमा त्यस्ता सम्झौतामा नेपाल संलग्न नहुने कुराको स्पष्ट रुपमा लिखित जानकारी गराउन सरकारलाई निर्देशन दिएको हो ।

टिप्पणीहरू