अमेरिकालाई अर्को पत्र लेख्न सरकारलाई कमल थापाको सुझाव

अमेरिकालाई अर्को पत्र लेख्न सरकारलाई कमल थापाको सुझाव

सर्वत्र विरोध भएपछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि अमेरिकी सेनाको एसपीपी कार्यक्रमबारे मुख खोलेका छन् । उनले उक्त कार्यक्रम नेपाललाई आवश्यक नै नभएको ठोकुवा गरेका हुन् ।

हिजो बोल्दै थापाले एसपीपी सम्झौताका बारेमा व्यापक चर्चा भइरहेको र यो मुलुकको निम्ति आवश्यक नभएको बताएका हुन् ।

थापाले एसपीपीबाट बाहिरिने उपाय सुझाउँदै भनेका छन्, ‘सरकारले अमेरिकी सरकारलाई औपचारिक रूपमै पत्र लेखेर एसपीपीबाट नेपाल अलग रहेको प्रष्ट पार्न सक्छ, अब त्यही गर्नुपर्छ ।’

टिप्पणीहरू