भक्तपुर घर, स्वयम्भूपछाडि डेरा भएका भेले लागूऔषधका कारोबारी

भक्तपुर घर, स्वयम्भूपछाडि डेरा भएका भेले लागूऔषधका कारोबारी

ठूलो परिमाणको लागुऔषधसहित भक्तपुरका राजन भेले पक्राउ परेका छन् । प्रहरीले ५१ वर्षे भेलेलाई हिजो पक्राउ गरेको हो ।

भक्तपुर नगरपालिका ४ घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका ६ जयन्ती गाऊँ बस्ने राजन भेले लागुऔषध कारोबारमा संलग्न भएको सूचना पाएपछि प्रहरीले हिजो पक्राउ गरेको हो ।

उनको साथबाट डायजेपाम २४५, फेनेर्गन २७६, नोफिन २७३ थान एम्पुल र नोकिया मोबाइल १ थान बरामद गरिएको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ । भेलेविरुद्ध लागुऔषध नियन्त्रण ऐन, २०३३ को कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

टिप्पणीहरू