श्रीलंका चरम आर्थिक संकटमा, भारतीय सहयोग किस्ता किस्तामा

श्रीलंका चरम आर्थिक संकटमा, भारतीय सहयोग किस्ता किस्तामा

भारतले श्रीलंकामा थप ४० हजार मेट्रिक टन डिजेल दिएको छ । पछिल्ला केही महिनादेखि चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा भारतले खाद्यान्न र औषधिलगायत मानवीय सहयोग गर्दै आएको बताएको छ ।

डिजेलेको पछिल्लो खेप हिजो राजधानी कोलम्बो नजिकैको बन्दरगाहमा पुगेको हो । श्रीलंकाको अनुरोधमा भारतले धेरै पटक पेट्रोल, डिजेल र मट्टितेललगायत इन्धन दिएको हो ।

अस्ति त्यहाँको भारतीय महावाणिज्य दूतावासले मतारा जिल्लाको अकुरासामा चामल र र धुलो दुध वितरण गरेको थियो ।

भारतले हालैमात्र तमिलनाडु राज्यबाट लगिएको ४० हजार मेट्रिक टन चामल र पाँच सय मेट्रिक टन धुलो दुध बाँडेको बताइन्छ । ती सामान उत्तरी श्रीलंकाका जाफना र मन्नार क्षेत्रका सर्वसाधारणलाई वितरण गरिएको हो ।

भारतले धेरै यसबीचमा औषधि र उपचारमा आवश्यक सामग्री समेत पठाएको छ ।

टिप्पणीहरू