एमाले अध्यक्ष भेट्न गृहमन्त्री र कानुनमन्त्री बालकोटमा

एमाले अध्यक्ष भेट्न गृहमन्त्री र कानुनमन्त्री बालकोटमा

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गर्न गृहमन्त्री बालकृष्ण खाँण र कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) बालकोट पुग्नुभएको छ ।

उहाँहरुबीच नागरिकता विधेयकलाई अहिलेको संसद अधिवशेनमा सहमतिका साथ अगाडि बढाउने विषयमा कुराकानी भएको हो । नागरिकता विधेयक सदनमा अगाडि बढाउने र दलीय सहमतिमा पारित गर्ने प्रयासस्वरुप म र कानुनमन्त्री प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष ओलीलाई भेट्न गएका थियौँ ।

कुराकानी सकारात्मक भएको छ गृहमन्त्री खाणले भन्नुभयो । सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसदमा पेस गरेर पारित गर्ने तयारी स्वरुप मन्त्रीद्वय आज बालकोट जानुभएको सरकारको दाबी छ ।

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएर प्रतिनिधि सभामा पेस गरिएको छ । विशेषगरी नेपाली पुरुषसँग विवाह गरी आउने विदेशी महिलालाई दिने अंगिकृत नागरिकतामा दलहरूबीच सहमति जुट्न सकेको छैन ।

टिप्पणीहरू