भन्सार छलिएको आधा करोडको सामान र आधा करोडको ट्रक समातियो

भन्सार छलिएको आधा करोडको सामान र आधा करोडको ट्रक समातियो

सप्तरीमा भन्सार छलेर नेपाल ल्याइएको सामान र ट्रक समातिएको छ । सशस्त्र प्रहरी बलको गस्ती टोलीले भारतीय नम्बर प्लेटको मालवाह ट्रकसहित दुई जनालाई पक्राउ गरेको हो । हनुमाननगर कङ्कालिनी नगरपालिका, १ कोशी ब्यारेजबाट पश्चिमतर्फ जाँदै गरेको ट्रकबाट ५७ लाख ७० हजार आठ सय रुपैयाँ बराबरको रिफाइन्ड पाल्मोलियन आयल १५ सय टिन बरामद गरिएको हो ।

ट्रकका चालक र सहचालकलाई सशस्त्र प्रहरी बलका निरीक्षक किसमान तामाङको नेतृत्वमा खटिएको मोबाइल गस्ती टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत घर भएका चालक ३० वर्षीय अवध वाक र सहचालक २३ वर्षीय धिरजकुमार हुन् । युपी ७५ एम ३६९५ नम्बरको उक्त ट्रक र बरामद भएको समानलाई आज भन्सार कार्यालयमा बुझाइएको छ ।

बरामद भएकोम ५७ लाख ७० हजार आठ सय मूल्य बराबरको रिफाइन्ड पाल्मोलियन आयल र ५५ लाखको ट्रक गरेर एक करोड १२ लाख ७० हजार आठ सय मुल्यको सामान बरामद गरिएको हो । थप कारबाहीका लागि चालकसहित बरामद गरिएका सामानहरु भन्सार कार्यालयमा बुझाउन पठाइएको पनि सशस्त्रले प्रहरीले बताएको छ ।

टिप्पणीहरू