आज ३४ जना कोरोना संक्रमित भेटिए

आज ३४ जना कोरोना संक्रमित भेटिए

पछिल्लो २४ घण्टामा मुलुकभर ३४ जना कोरोना संक्रमित भेटिएका छन् । तीन हजार छ सय १० जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा १५ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९८ दशमलव आठ प्रतिशत छ । मुलुकभर अझै एक सय चार जना सक्रिय संक्रमित छन् ।

पछिल्लो समय काठमाडौँ उपत्यकामा कुनै पनि कोरोना संक्रमित फेला परेका छैनन् । काठमाडौंमा सक्रिय संक्रमितको संख्या ३१ रहेको छ । भक्तपुरमा एक र ललितपुरमा १० जना छन् ।

आज पनि संक्रमणका कारण कसैले ज्यान गुमाएका छैनन् । हालसम्म कोरोनाका कारण ११ हजार नौ सय ५२ जनाको मृत्यु भइसकेको छ ।

टिप्पणीहरू