सिंहदरबारभित्र ‘ह्विस्की’ का कुरा

सिंहदरबारभित्र ‘ह्विस्की’ का कुरा

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा सांसद माधवकुमार नेपालले अमेरिकन स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) मा फकाएर हस्ताक्षर गराउन सक्नेतर्फ प्रधानमन्त्रीलाई सचेत हुन सुझाव दिनुभएको छ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा आफनो धारणा राख्दै अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई त्यस्तो सुझाव दिनुभएको हो ।

उहाँले अमेरिका भ्रमणको क्रममा अमेरिकीहरुले प्रधानमन्त्री देउवालाई भुलभुलैयामा पारेर हस्ताक्षर गराउन सक्ने खतरा रहेको आशंका गर्नुभएको हो । ‘ह्विस्की’ खुवाएर सम्झौता गराउन सक्ने संकेत गर्दै उहाँले भन्नुभयो, ‘मिठो पारामा फकाएर ह्विस्की खुवाएर हस्ताक्षर गराइएला ख्याल गर्नुहोला ।’

समिति सदस्यसमेत रहनुभएका नेपालको पछिल्लो अभिव्यक्तिले राज्य सञ्चालनको क्रममा विगतमा त्यस्तो हर्कत भएको भन्ने आरोपलाई सहयोग पुगेको बताइन्छ । संसदीय समितिको बैठकमा मदिरापान, राज्यको प्रतिनिधित्व र सम्झौतालाई जोडेर व्याख्या गरिँदा विगतमा त्यस्तो भएको आंशका गरिएको हो ।

टिप्पणीहरू