प्रधानमन्त्री र परराष्ट्र मन्त्रीबीच बालुवाटारमा लामो गन्थन

प्रधानमन्त्री र परराष्ट्र मन्त्रीबीच बालुवाटारमा लामो गन्थन

परराष्ट्र मन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गर्नुभएको छ । अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा नेपालको सहभागिता र प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमणलाई लिएर चौतर्फी आलोचना बढेपछि विभागीय मन्त्री बालुवाटार छिर्नुभएको हो ।

आफ्नो अमेरिका भ्रमणलाई लिएर सत्ता गठबन्धनभित्रैबाट आशंका र भ्रमण रद्दको माग हुन थालेपछि गम्भीर हुनुभएका प्रधानमन्त्री देउवाले परराष्ट्रमन्त्री खड्कालाई भेटेर यसबारे बुझ्न खोज्नुभएको बताइएको छ ।

प्रधानमन्त्री भेट्न हिजो उज्यालोमै बालुवाटार पुग्नुभएका मन्त्री खड्का साँझ अबेर निस्किनुभएको बताइन्छ ।

टिप्पणीहरू