एमसीसी कार्यान्वयन पत्रमा अर्थसचिवको दस्तखत

एमसीसी कार्यान्वयन पत्रमा अर्थसचिवको दस्तखत

निकै विवादकाबीच संसदबाट अनुमोदन भएको अमेरिकी सहयोग परियोजना एमसीसी कार्यान्वयनको निम्ति अर्थ सचिव मधुकुमार मरासिनीले हस्ताक्षर गर्नुभएको छ । उक्त परियोजना कार्यान्वयन गर्न मिलेनियम च्यालेञ्ज कर्पोरेसन र एमसीए नेपालबीच लिखित सहमति भएको हो ।

आगामी २०२३ को अगष्ट अर्थात २०८० साउन/भदौदेखि आयोजना कार्यान्वयन गर्ने सहमतिपत्रमा एमसीसीका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स र अर्थ मन्त्रालयका सचिव तथा एमसीए नेपालका अध्यक्ष मधुकुमार मरासिनीले हस्ताक्षर गर्नुभएको हो ।

उक्त हस्ताक्षर गत मे महिनामा भएको एमसीए नेपालका सूचना अधिकारी राजीव दाहालले दिएका हुन् ।

टिप्पणीहरू