मैले गद्दारी गरेको छैन : अर्थमन्त्री शर्मा

मैले गद्दारी गरेको छैन : अर्थमन्त्री शर्मा

प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले बहिष्कार गरेको छ । आगामी आर्थिक वर्षको बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएकाले उक्त कार्यको संसदीय छानबिन समिति गठन गर्न माग गर्दै एमालेले बैठक बहिष्कार गरेको हो ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आफूहरू छलफलमा सहभागी नहुने र अर्थमन्त्रीलाई बहिष्कार गर्ने बताएपछि एमाले सांसदहरुले उठेर बिरोध गरेका हुन् ।

सभामुख अग्निप्रसाद सापकोटाले मन्त्री शर्मालाई विनियोजन विधेयकका सन्दर्भमा अर्थ मन्त्रालयसँग सम्बन्धित विषयमा उठेको जिज्ञासाका बारेमा जवाफ दिन बोलाएपछि एमालेका सांसदहरुले उठेर विरोध गरेका हुन् ।

एमालेले बजेटको गोप्यता नराखेको, अनधिकृत व्यक्तिलाई प्रवेश गराएको, करको दरमा अस्वाभाविका हेरफेर गरेको आरोप लगाउँदै उक्त कार्यलाई मुलुक र जनताप्रतिको बेइमानी भनेको छ ।

तर, आजै मन्त्री शर्माले सरकारी समाचार समितिलाई दिनुभएको अन्तर्वार्तामा आफूले मुलुक र जनताप्रति गद्दारी नगरेको दाबी गर्नुभएको छ । उहाँले महिलाको मागबमोजिम रजश्वलाको बेलामा प्रयोग गरिने स्यानिटरी प्याडमा लगाइएको कर घटाइएको स्पष्टिकरण दिनुभएको छ ।

टिप्पणीहरू