एमाले जनप्रतिनिधि प्रदर्शनीमार्गमा जुटे

एमाले जनप्रतिनिधि प्रदर्शनीमार्गमा जुटे

नेकपा (एमाले) ले आफ्ना नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन लागेको छ । आज र भोलि काठमाडौंका प्रदर्शनीमार्गमा रहेको राष्ट्रिय सभागृहमा उनीहरुलाई प्रशिक्षण दिन लागिएको हो ।

अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रमको उद्घाटन गर्ने बताइएको छ । एमाले सचिवालयको निर्णयाअनुसार पालिका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षलाई पार्टी स्कुलिङ्ग विभागले प्रशिक्षण तथा अभिमुखीकरण तालिम दिन लागेको हो ।

यस्तै प्रशिक्षण कार्यक्रम माओवादी केन्द्रले भने आफ्ना जनप्रतिनिधिलाई यसअघि नै काठमाडौंको कुमारी हलमा दिएको थियो ।

टिप्पणीहरू