राष्ट्रपति भण्डारी सिन्धुली जानुभयो

राष्ट्रपति भण्डारी सिन्धुली जानुभयो

राष्ट्रपति विद्यादेवी भण्डारी भर्खरै सिन्धुलीतर्फ प्रस्थान गर्नुभएको छ । उहाँ दुधौली ३, झुँगामा आयोजना गर्न लागिएको चुरे दिवसमा सहभागी हुन त्यसतर्फ जानुभएको हो ।

राष्ट्रपति भण्डारी आठौं चुरे दिवसको अवसरमा आयोजित राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिद्वारा आयोजित वृक्षारोपण कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको बताइएको छ ।

उहाँ नेपाली सेनाको हेलिकप्टरमा त्यसतर्फ जानुभएको हो । शीतल निवासबाट गाडीमा अघिल्तिरको भैरवनाथ गण जानुभएका उहाँ सेनाको ९ एन आरएएम हेलिकप्टरमा ९ बजे उड्नुभएको हो ।

टिप्पणीहरू