१९ वर्षेले कति थोक बोक्न सकेका होलान् ?

१९ वर्षेले कति थोक बोक्न सकेका होलान् ?

एक थान कटुवा पेस्तोलसहित एक किशोर पक्राउ परेका छन् । सुनसरी बराहक्षेत्र नगरपालिका ३ बस्ने १९ वर्षीय रोहित राईलाई आज प्रहरीले नियन्त्रणमा लिएको हो ।

कोशी गाउँपालिका २, झाङ्गर टोलस्थित स्थानीयको घरको बरण्डामा सुतिरहेका उनको साथबाट प्रहरीले ठूलो परिमाणको लागूऔषधसमेत बरामद गरेको छ । जसमा १० थान डाईजापाम, १० ट्याब्लेट नाइट्रोजन, तीन हजार ३७५ थान ट्रामाडोल छन् ।

गाउँलेहरुले प्रहरीलाई अपरचित व्यक्ति घरमा सुतिरहेको खबर गरेपछि प्रहरी कार्यालय लौकहीबाट खटिएको टोली रोहितलाई नियन्त्रणमा लिएको हो ।

टिप्पणीहरू