बागमती प्रदेशले ६ करोडको बस किन्ने

बागमती प्रदेशले ६ करोडको बस किन्ने

बागमती प्रदेश सरकारले विद्यालय बस खरिदको लागि छ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०७९/०८० को लागि बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलका अनुसार विद्यालयमा बालबालिकाको पहुँच बढाउन र उपस्थितिलाई नियमित गराउन विद्यालय बस खरिदको निम्ति छ करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो ।

मन्त्रीले लोपोन्मुख, अति सिमान्तक्रित, अल्पसंख्यक तथा अति विपन्न समुदायका बालबालिकालाई विद्यालय शिक्षामा पहुँच अभिवृद्धि गर्न सात करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी गराउनुभएको छ ।

टिप्पणीहरू